बुधबार, माघ २३,२०८१ 12:29:39
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:29:39
IME remit
Global IME Bank Limited

बीमा कम्पनीको लगानीमा पर्न थाल्यो घट्दो ब्याजदरको प्रभाव, मुद्दती निक्षेप घटाएर लगानी विविधिकरण गर्दै

घरजग्गा कारोबारमा भने शून्य

Hyundai Nepal
बीमा कम्पनीको लगानीमा पर्न थाल्यो घट्दो ब्याजदरको प्रभाव, मुद्दती निक्षेप घटाएर लगानी विविधिकरण गर्दै
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई लगानीमा विविधिकरण गर्न निर्देशन दिएसँगै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो लगानीको क्षेत्रलाई विस्तार गर्न थालेका छन् ।  

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेप बाहेक कृषि, पूर्वाधार, हाइड्रो सेक्टर, शिक्षा तथा स्वास्थ्य र प्राइभेट इक्विटीहरुमा पनि लगानी गरेका छन् ।  

यसअघि बीमकहरुले सामुहिक लगानी कोष तथा बैंकहरुको मुद्दती निक्षेपमा मात्रै लगानी गर्दै आएका थिए । बीमा प्राधिकरणले बीमकको लगानी निर्देशिका बमोजिम लगानी विविधिकरण गर्ने अभिप्रायले अन्य क्षेत्रमा समेत लगानी गर्न पाउने बाटो खोलिदिएको छ ।  

तेस्रो त्रैमाससम्म आइपुग्दा केही बीमा कम्पनीहरुले हाइड्रोपावर, प्राइभेट इक्विटी फण्ड, शिक्षा जस्ता क्षेत्रमा लगानीको हात बढाएका छन् ।  

सञ्चालनमा रहेका १४ जीवन र १४ निर्जीवन बीमकले चालु आवको तेस्रो त्रैमाससम्म विभिन्न क्षेत्रमा ७ खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेका छन् । गत वर्षको तुलनामा बीमा कम्पनीहरुको क्षेत्रगत लगानी पनि बृद्धि भएको छ ।  

बीमा प्राधिकरणले विभिन्न क्षेत्रको अध्ययन गरेर लगानी विविधिकरण गर्न निर्देशन दिएपनि तेस्रो त्रैमाससम्म बीमा कम्पनीहरुको कुल लगानीमध्ये ७६।८६ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै रहेको छ ।  

गत वर्षको तुलनामा बीमा कम्पनीहरुको मुद्दती निक्षेपमा रहेको लगानी हिस्सा यस वर्ष केही प्रतिशत घटेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म बीमा कम्पनीहरुको कुल लगानीमध्ये बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै ७७।९६ प्रतिशत लगानी रहेको थियो ।  

यसर्थ चालु आर्थिक वर्षमा बीमकहरुले केही प्रतिशत भएपनि मुद्दती निक्षेप ९एफडी०मा रहेको लगानी प्रतिशत घटाएर अन्य क्षेत्रमा पनि लगानी विविधिकरण गर्न थालेको तथ्याङ्कले देखाएको छ ।  

गत वर्षको तुलनामा यस वर्ष बीमा कम्पनीहरुले अन्य क्षेत्रको समेत अध्ययन गरी लगानीको वातावरण बनाएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले बताए ।  

‘बीमा प्राधिकरणले लगानी विविधिकरण गर्न निर्देशन दिएसँगै बीमकले विभिन्न क्षेत्रमा लगानी गर्न पाउने बाटो खुलेको छ । सोही बमोजिम बीमा कम्पनीहरुले पनि अन्य क्षेत्रमा लगानी गर्न अध्ययन पनि गरिरहेका छन्’ पाण्डेले भने, ‘चालु आर्थिक वर्षमा मात्रै सानिमा रिलायन्स लाइफसहित केही बीमा कम्पनीहरुले हाइड्रो सेक्टर, शिक्षा क्षेत्र लगायत प्राइभेट इक्विटीमा समेत लगानी गरेका छन् ।’

बैंक तथा वित्तीय संस्थामा राख्ने मुद्दती निक्षेपको दायरा घटाएर बीमा कम्पनीहरुले अन्य क्षेत्रको लगानीमा जोड दिन थालेको पाण्डको भनाई छ ।  

‘बीमा कम्पनीहरुले बीमितहरुबाट संकलित बीमाशुल्क विभिन्न क्षेत्रमा लगानी गरेका हुन्छन्, तर यसरी सर्वसाधारणको रकम लगानी गर्नुअघि त्यसबाट रिटर्न पाउने नपाउने ग्यारेन्टी के कस्तो हुन्छ त्यस विषयको अध्ययन गरेर मात्रै लगानीको हात बढाउनुपर्ने हुन्छ’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्दा केही प्रतिशत भएपनि प्रतिफल पाउने ग्यारेन्टी हुने भएकाले अधिकांश बीमा कम्पनीहरु मुद्दती निक्षेपमा लगानी गर्न बढी केन्द्रीत देखिएका हुन्, तर पछिल्लो समय बैंकहरुको घट्दो ब्याजदरका कारण बीमकहरुले मुद्दतीमा राख्ने निक्षेपको सीमा घटाउन थालेका छन् ।’

बीमा प्राधिकरणले बीमकको लगानी निर्देशिका संशोधन गर्दै सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्न पाउने सीमा बढाएपछि सेयरबजारमा समेत बीमा कम्पनीको लगानी बढ्न थालेको पाण्डेले बताए ।  

‘प्राधिकरणले बीमकको लगानीमा लचकता अपनाउँदै सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्न पाउने दायरा समेत बढाइदिएको छ । यो क्षेत्रमा लगानीको दायरा बृद्धि भएपनि पछिल्लो समय घट्दो सेयरबजारको अवस्थाले गर्दा बीमकहरु सेयरबजारमा लगानी थप्न डराउनुपर्ने अवस्था पनि छ’ उनले भने, ‘प्राधिकरणको निर्देशन बमोजिम नै चालु आर्थिक वर्षमा केही बीमा कम्पनीले प्राइभेट इक्विटीमा समेत लगानीको हात बढाएका छन् । जुन क्षेत्रमा लगानी गर्दा बढी प्रतिफल पाईन्छ, बीमकले त्यस्तो क्षेत्रको अध्ययन गरेर लगानीको दायरा बढाएका हुन्छन् । बीमा कम्पनीको उद्देश्य प्रतिफलयुक्त क्षेत्रमा लगानी गरेर बीमितलाई उपयुक्त बोनस र सेयरधनीलाई प्रतिफल बाँड्नु हो ।’

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले पनि चालु आर्थिक वर्षमा बीमा कम्पनीहरुले अन्य क्षेत्रको अध्ययन गरी लगानीको दायरा बढाएको बताए ।  

‘प्राधिकरणले पहिलेदेखि नै बीमा कम्पनीहरुलाई लगानी विविधिकरण गर्न निर्देशन दिदैं आइरहेको छ । मुद्दती निक्षेपबाहेक अन्य क्षेत्रको समेत अध्ययन गरेर लगानी गर्न प्राधिकरणले बीमकहरुलाई प्रोत्साहन गर्दै आइरहेको छ’ उनले भने, ‘प्राधिकरणले लगानीका लागि बाटो खोलिदिने हो, यसका लागि बीमक आफैंले कुन क्षेत्रमा लगानी गर्दा उचित हुन्छ, त्यसको अध्ययन तयार पार्नुपर्छ ।’

Bizshala
CG Motors
Sagarmatha Cement

गत वर्षको तुलनामा यस वर्ष केही बीमा कम्पनीहरुले अन्य क्षेत्रको पनि अध्ययन गरी लगानी विविधिकरण गरेको सिलवाल बताउँछन् । ‘यस वर्ष केही कम्पनीहरुले प्राइभेट इक्विटी फण्ड, हाइड्रोपावर र शिक्षा जस्ता क्षेत्रमा लगानी गरेका छन्’ उनले भने, ‘पछिल्लो समय बैंकहरुको घट्दो ब्याजदरले गर्दा बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा गरेको लगानीको दायरा घटाएर अन्य क्षेत्रमा लगानी गर्न थालेका छन् । देशको अर्थतन्त्र सुधारिँदै गएपछि बीमा कम्पनीले अन्य क्षेत्रमा लगानीको दायरा बढाउँदै जानेछ ।’

घरजग्गा कारोबारमा बीमा कम्पनीको लगानी शुन्य  

बीमा कम्पनीहरुले प्राधिकरणको निर्देशन बमोजिम अधिकांश क्षेत्रमा लगानी गरेपनि घरजग्गा कारोबार ९रियल स्टेट०मा बीमा कम्पनीको लगानी शुन्य छ ।  

लगानी निर्देशिका बमोजिम बीमा कम्पनीहरुले यस्तो क्षेत्रमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । जीवन र निर्जीवन दुबैतर्फका कम्पनीहरुले रियल स्टेट क्षेत्रमा लगानी गर्न सकेका छैनन् ।  

देशको अर्थतन्त्र सुस्ताएसँगै घरजग्गा कारोबार ठप्प हुन थालेपछि बीमा कम्पनीहरु यस्तो क्षेत्रमा लगानी गर्न डराएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सीइओ पाण्डे बताउँछन् ।  

‘अहिलेको परिस्थितिमा घरजग्गा कारोबार ठप्प जस्तै छ । देशको अर्थतन्त्र सुस्ताउँदा रियल स्टेटको कारोबार हुन छाडेको छ । अहिले घरजग्गा कारोबार फाट्टफुट्ट भएपनि संस्थालाई जग्गा किन्न वा बेच्न झन्झट नै छ । व्यक्तिगत रुपमा घरजग्गा किनेजस्तो संस्थालाई छैन, जसकारण यो क्षेत्रमा लगानी गर्दा रिटर्न पाउने ग्यारेन्टी छैन र जोखिम पनि उत्तिकै छ’ उनले भने, ‘लगानी गर्दा प्रतिफल पाउने ग्यारेन्टी हुने अवस्था भएमात्रै बीमा कम्पनीले लगानीको लागि प्रक्रिया अघि बढाउँछ, तर अहिलेको अवस्थामा घरजग्गा कारोबारमा लगानी गर्दा जोखिम बढी छ ।’

प्राधिकरणका अध्यक्ष सिलवालले पनि देशको अर्थतन्त्र सुस्ताउँदा बीमकले घरजग्गा कारोबारमा लगानी गर्न आँट नगरेको बताए । ‘केही वर्षयता घरजग्गाको कारोबारमा सुस्तता देखिएको छ, लगानी गर्दा प्रतिफल नपाइने डरले बीमा कम्पनीहरुले यस्तो क्षेत्रमा लगानीको हात अघि बढाउन सकेका छैनन् ।’ सिलवालले भने ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.