बिहीबार, बैशाख ११,२०८२ 07:25:37
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 07:25:37
IME remit
Global IME Bank Limited

नेशनल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म प्रदान गरिने

Hyundai Nepal
नेशनल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म प्रदान गरिने
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको यो बोनसदर बीमितका लागि हालसम्मकै सर्वाधिक हो ।  

कम्पनीको आर्थिक वर्ष २०७९/२०८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।  

कम्पनीले जारी गरेको विभिन्न पोलिसीहरुमा प्रतिहजार न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत प्रतिहजार न्युनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । जसमा ० देखि ९ वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।  

त्यस्तै, १५ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६४ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि पनि कम्पनीले ८५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख १ लाख ९१ हजार ६१७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यसका साथै सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले न्युनतम ६४ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । यस बीमालेख अन्तर्गत कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि प्रति हजार ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६४ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्ष वर्षसम्म ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्म ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि २० वर्ष अवधिको यस बीमालेख ७० हजार ७७६ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

त्यस्तै, अग्रिम भुक्तानी सावधिक बीमालेमा कम्पनीले न्युनतम ६३ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । जसमा ० देखि ९ वर्ष अवधिको लागि प्रति हजार ६३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६३ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २० वर्षबाट २५ वर्षसम्मको लागि ६४ रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्म ६४ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६४ रुपैयाँसम्म बोनसदर कायम निर्धारण गरेको छ ।

कम्पनीले १५ देखि २० वर्ष अवधिको यस बीमालेख ४५ हजार ५०६ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् । कम्पनीले विभिन्न उमेर समुहको बीमा पोलिसी हेर्दा धेरै आकर्षण १५ देखि २० वर्ष देखिएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.