मंगलवार, असार १७,२०८२ 07:14:16
  • मंगलवार, असार १७,२०८२ 07:14:16
Global IME Bank Limited

हकप्रदको तयारीमा रहेको एलआइसी नेपालले ०.२५% ले घटायो कर्मचारी बोनस, पौने १० करोड भत्ता वितरण

Hyundai Nepal
हकप्रदको तयारीमा रहेको एलआइसी नेपालले ०.२५% ले घटायो कर्मचारी बोनस, पौने १० करोड भत्ता वितरण
Nabil Bank Limited

काठमाण्डौ । हकप्रद सेयर निष्कासनको तयारीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेडले कर्मचारीलाई बाँड्ने बोनस ०.२५ प्रतिशतले घटाएको छ । कम्पनीले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई ८ करोड ६४ लाख ४६ हजार रुपैयाँ बोनस वितरण गरेको छ ।  

यो बोनस अघिल्लो आवको तुलनामा ०.२५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले कर्मचारीलाई ८ करोड ६६ लाख रुपैयाँ बोनस बाँडेको थियो ।  

कम्पनीले नयाँ कर्मचारी नथपेकाले पनि कर्मचारी बोनस घट्न पुगेको हो । नयाँ कर्मचारी थप्दा कम्पनीको गत आवमा जम्मा ८ हजार रुपैयाँ मात्रै खर्च भएको छ । अघिल्लो वर्षमा कम्पनीले नयाँ कर्मचारी थप्दा ८ लाख ४८ हजार रुपैयाँ खर्च भएको थियो । यसर्थ कम्पनीले नयाँ कर्मचारी नथप्दा कर्मचारीलाई बाँड्ने बोनस घट्न पुगेको हो ।  

यसका साथै कम्पनीले गत आवमा कर्मचारीलाई ११ करोड ७५ लाख रुपैयाँ तलब वितरण गरेको छ । यो तलब अघिल्लो आवको तुलनामा ९.१७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले आफ्ना कर्मचारीलाई १० करोड ७६ लाख रुपैयाँ तलब वितरण गरेको थियो ।  

कम्पनीले कर्मचारीलाई बाँड्ने भत्ता १०.०१ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ८ करोड ९४ लाख रुपैयाँ भत्ता बाँडेको यस कम्पनीले गत वर्ष भने ९ करोड ८३ लाख रुपैयाँ भत्ता बाँडेको छ । यसका साथै विभिन्न चाडपर्वमा बाड्ने भत्ता समेत कम्पनीले १५.७५ प्रतिशतले बढाएको छ । कम्पनीले चाडपर्व भत्ता स्वरुप कर्मचारीलाई १ करोड ३३ लाख रुपैयाँ वितरण गरेको छ ।  

यसका साथै गत वर्षमा कम्पनीले ग्रयाज्युटि शिर्षकमा १ करोड २० लाख रुपैयाँ खर्च गरेको छ भने सामाजिक सुरक्षा कोष तथा सञ्चय कोषमा १ करोड २१ लाख रुपैयाँ खर्च गरेको छ ।  

कम्पनीले विदा वापत पाउने भत्तामा पनि १ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ । यसका साथै तालिमका लागि १४ लाख ३ हजार, स्वास्थ्य उपचारका लागि ४५ लाख २१ हजार, कर्मचारीको स्वास्थ्य तथा दुर्घटना बीमाका लागि १७ लाख ६६ हजार र ज्याला वातप १ करोड ८४ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसरी कम्पनीले गत आर्थिक वर्षमा मात्रै कर्मचारी सुविधाका लागि ३८ करोड २६ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ५.१४ प्रतिशतले बढी हो । अघिल्लो वर्षमा कम्पनीले कर्मचारी सुविधाका लागि ३६ करोड ३९ लाख रुपैयाँ खर्च गरेको थियो ।  

एलआइसी नेपालले कायम चुक्तापुँजीको ८८ प्रतिशत अर्थात् १ः०.८८ अनुपातमा हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि एलआइसी नेपालले राइट सेयर जारी गर्न २०८० असोज २९ गते बोर्डमा निवेदन दिएको हो ।  

धितोपत्र बोर्ड अध्यक्षबिहिन भएदेखि विभिन्न कम्पनीहरुको धितोपत्र निष्कासनको प्रक्रिया रोकिएको छ । एलआइसी नेपालको पनि हकप्रद प्रक्रिया ९ महिनादेखि रोकिएको छ । धितोपत्र बोर्डका अनुसार अब सञ्चालक समितिले नै कैफियत नदेखिएका कम्पनीको धितोपत्र निष्कासन खोलिदिनेछ ।  

बोर्डबाट अनुमति पाएमा कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गर्नेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.