काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा(एसईई)को ग्रेडवृद्धि (मौका) परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि दुई विषयमा ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा हुने जनाइएको थियो । तर शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गर्दै बोर्डलाई निर्देशन दिएपछि आइतबार बसेको बोर्ड बैठकले परीक्षा मिति सारेर सबै विषयको परीक्षा दिने निर्णय गरिएको हो ।
पुरक परीक्षाको नतिजा असोजको पहिलो साताभित्र सार्वजनिक गर्ने जनाइएको छ । पुरक परीक्षा उत्तीर्ण हुने विद्यार्थीले यसै वर्ष कक्षा ११ को अध्ययन गर्न पाउने छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।