शुक्रबार, असार १२,२०८३ 01:47:09
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 01:47:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जर्मनीले फाइभजी नेटवर्कबाट यी दुई चिनियाँ कम्पनीलाई पूर्ण प्रतिबन्ध लगाउने

Laxmi Sunrise Bank Limited
जर्मनीले फाइभजी नेटवर्कबाट यी दुई चिनियाँ कम्पनीलाई पूर्ण प्रतिबन्ध लगाउने

काठमाण्डौ । जर्मनीले आफ्नो फाइभजी नेटवर्कमा चिनियाँ प्राविधिक कम्पनी हुवावे र जेटटीईमाथि प्रतिबन्ध लगाउने भएको छ । जर्मन सरकारले हुवावे र जेटटीईले निर्माण गरेका सामाग्रीहरु आफ्नो फाइभजी वायरलेस नेटवर्कबाट आगामी ५ वर्षभित्र सम्पूर्ण रुपमा हटाउने भएको छ ।  

जर्मन सरकारले यो निर्णयले पहिलेदेखिनै बिग्रिरहेको चीन–जर्मनी सम्बन्धमा थ िचिसोपन ल्याउने भएको छ । मोबाइल फोन नेटवर्क भोडाफोन,डेउस्चे टेलिकम र टेलिफोनिका आफ्नो फाभजी कोर नेटवर्कबाट सन् २०२६ सम्म चिनियाँ कम्पनीको सामाग्री हटाउन सहमत भएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

‘यसरी हामी जर्मनीको केन्द्रीय स्नायु प्रणाली बचाउन गईरहेका छौं । हामी जर्मन नागरिक,कम्पनी र राज्यलाई नै बचाउन प्रतिवद्ध छौ,’जर्मनीका आन्तरिक मामिला मन्त्री नान्सी फइसरले भने,‘हामीले सुरक्षा जोखिम थटाउनु पर्छ र विगतमा जस्तो एकपक्षिय निर्भरता कम गर्दै जानु पर्छ ।’

चीन जापानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । यो कदमले दुईदेशबीचको सम्बन्धमा तिक्तता आउने आँकलन गरिएको छ । यसअघि बेलायत,अष्ट्रेलिया र जापानले पनि आफ्ना फाइभजी नेटवर्कमा हुवावेका सामाग्रीहरुमा प्रतिबन्ध लगाईसकेका छन् ।  -एजेन्सी

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.