शुक्रबार, कार्तिक २,२०८१ 11:46:01
IME remit
  • शुक्रबार, कार्तिक २,२०८१ 11:46:01
IME remit
Global IME Bank Limited

एनआइसी एशिया क्यापिटलको व्यवसायमा उत्साहजनक वृद्धि, फण्डहरुको न्याभ पनि बढ्यो

Hyundai Nepal
एनआइसी एशिया क्यापिटलको व्यवसायमा उत्साहजनक वृद्धि, फण्डहरुको न्याभ पनि बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपालको अग्रेणी लगानी तथा मर्चेन्ट बैंक बन्ने भिजन लिएर स्थापना भएको एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो व्यवसायमा उत्कृष्ट वृद्धि गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को प्रगति विवरण सार्वजनिक गर्दै गत आवमा १२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।  

यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १६.१२ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७९/८० मा क्यापिटलले १० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले विगतका वर्षहरुमा आफ्ना सेयधरनीहरुलाई समेत उत्कृष्ट लाभांश बाँड्दै आइरहेको छ । लाभांश इतिहास हेर्दा क्यापिटलले वर्षेनी लाभांश दर समेत बृद्धि गर्दै आइरहेको छ । क्यापिटलले सेयरधनीलाई आव २०७४/७५ मा ११ प्रतिशत नगद लाभांश, ७७/७८ मा ४८ प्रतिशत, ७५/७६ मा १८ प्रतिशत, ७८/७९ मा ५५ प्रतिशत र अघिल्लो आर्थिक वर्ष अर्थात् आव ७९/८० मा ४६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसर्थ गत आवको मुनाफाबाट पनि  क्यापिटलले आफ्ना लगानीकर्तालाई उत्कृष्ट लाभांश दिन सक्ने सम्भावना बढी छ ।  

मर्चेण्ट बैंकिङ व्यवसायमा बढ्दै गईरहेको तीव्र प्रतिस्प्रर्धा, धितोपत्रको दोश्रो बजारको कारोबार समिक्षा अवधिभर नै मन्दी हुनु तथा  समग्रमा देशको अर्थतन्त्र सुस्त भइरहेको समयमा समेत क्यापिटलले आथिक वर्ष २०८०/०८१ माआफ्नो समग्र व्यवसायमा उत्साहजन वृद्धि गर्न सफल भएको क्यापिटलका सीओओ प्रज्ञरत्न शाक्यले बताए ।  

गत आवको अन्त्यसम्म क्यापिटलको चुक्तापूँजी २० करोड रुपैयाँ रहेकोमा प्रति सेयर आम्दानी(इपीएस)६०.५० रुपैयाँ कायम गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा १६.१२ प्रतिशतले बढी हो ।  

क्यापिटलद्वारा सञ्चालित म्युचुअल फण्डहरुको प्रदर्शन उत्साहजनक

एनआइसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित सामूहिक लगानी कोष तथा म्युचुअल फण्डहरुको न्याभ १० रुपैयाँभन्दा बढी पुगेको छ । क्यापिटलले म्युचुअल फण्ड अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनाहरु सञ्चालन गरिरहेको छ ।  

जसमा ५ वटा बन्दुमुखी म्युचुअल फण्डहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छन् । धितोपत्रको दोस्रो बजार तल्लो विन्दुमा हुँदा समेत क्यापिटलद्वारा सञ्चालित म्युचुअल फण्डहरुमा एनआइसी एशिया ग्रोथ फण्ड–२ को मात्रै न्याभ १०.०७ रुपैयाँ रहेको छ भने बाँकी सबै फण्डको न्याभ ११ रुपैयाँमाथि छ ।  

सञ्चालनमा रहेको म्युचुअल फण्डहरुमध्ये एनआइसी एशिया क्यापिटलका फण्डहरुको प्रस्तुती उत्कृष्ट रहेको छ । अन्य फण्डहरुको न्याभ १० वा सो भन्दा तल रहँदा एनआइसी एशिया क्यापिटलका फण्डहरुको न्याभ भने ११ रुपैयाँको हाराहारीमा पुगेको छ ।  

योसँगै फण्डहरुको लगानीको अवस्था, खुद मुनाफा र इकाईधनीहरुलाई विगतमा वितरण गरेको प्रतिफलको अवस्था समेत उत्कृष्ट रहेको छ । क्यापिटलका फण्डहरुले सूचीकृत पब्लिक कम्पनीहरुको सेयरमा करोडौं लगानी गरी त्यसबाट आर्जित मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई उल्लेख्य प्रतिफल वितरण गर्दै आइरहेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा असार महिनामा फण्डहरुको प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ)बृद्धि भएको छ । गत आवको असार मसान्तमा एनआइसी एशिया ग्रोथ फण्डको न्याभ ११.४७ रुपैयाँ पुगेको छ । जेठ महिनाको तुलनामा फण्डको न्याभ ४७ पैसाले वृद्धि भएको हो । जेठमा उक्त फण्डको न्याभ ११ रुपैयाँमात्रै थियो ।  

त्यस्तै, एनआइसी एशिया ब्यालेन्स्ड फण्डको न्याभ पनि ०.३९ रुपैयाँले बढेर ११ रुपैयाँ पुगेको छ । जेठमा सो फण्डको न्याभ १०.६१ रुपैयाँ थियो । यसका साथै एनआइसी एशिया सेलेक्ट–३० को न्याभ पनि०.४७ रुपैयाँले बढेर ११.४६ रुपैयाँ पुगेको छ ।  

साथै एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको न्याभ ०.५० रुपैयाँले बढेर ११.३४ रुपैयाँ पुगेको छ । साथै क्यापिटलको खुलामुखी योजनाअन्तर्गत सञ्चालित एनआइसी एशिया डायनामिक डेब्ट फण्डको न्याभ ०.२३ रुपैयाँले बढेर ११.०९ रुपैयाँ पुगेको छ ।

क्यापिटद्वारा सञ्चालित ६ वटा म्युचुअ फण्डमध्ये एनआइसी एशिया ग्रोठ फण्डको न्याभ भने ०.९३ रुपैयाँ घट्न पुगेको छ । जेठ महिनामा ११ रुपैयाँ रहेको उक्त फण्डको न्याभ असारमा १०.०७ रुपैयाँ कायम भएको छ ।  

लाभांशको इतिहास  

२०८१ को असार मसान्तसम्म क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनाहरु सञ्चालन गरिरहेको छ । सञ्चालनमा आएको पहिलो वर्षदेखि नै नगद प्रतिफल वितरण गर्न सफल ‘एनआईसी एशिया ग्रोथ फण्ड’ ले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चांैथो वर्ष १३ प्रतिशत र पाँचौं वर्ष १०.५० प्रतिशत गरी हालसम्म ७५.५० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।

त्यस्तै, ‘एनआईसी एशिया ब्यालेन्सड् फण्ड’ ले सञ्चालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चौंथो  वर्ष १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।  

साथै पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ सञ्चालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत र तेश्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

आईडीया टु आईपीओ निष्कासन सेवा

क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत ‘आइडीया टु आइपीओ’ सेवा सञ्चालन गरिरहेको छ । जसअन्तर्गत २०८१ असार मसान्तसम्म २८ वटा कम्पनीहरुसँग दुई पक्षिय सम्झौता सम्पन्न भई कार्यहरु गरिरहेको छ ।  

क्यापिटलले कुनै पनि कम्पनीको विचारदेखि कम्पनी स्थापना,विस्तार तथा मापन, कम्पनी वृद्धि र आगामी विस्तार योजना हुदैं आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।  

साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष सञ्चालन गर्नको लागि स्वीकृति प्राप्त गरि विशिष्टीकृत लगानी कोष अन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागिएको समेत जानकारी दिएको छ ।  

ग्राहकमुखी नविनतम योजनाहरु सञ्चालन

क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘मेरो लगानी, मेरो भविष्य’भन्ने मूलनाराका साथ ग्राहकमुखी नविनतम् योजनाहरु सञ्चालन गरीे आव २०८०/०८१ को अन्त्यसम्ममा ७०४ जना ग्राहकहरुबाट २ अर्व ३४ करोड रुपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ ।  

क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत समय समयानुकुल ग्राहकमुखी नविनतम् योजनाहरु सञ्चालन गरिरहेको छ । उक्त सेवा अनलाईनमार्फत समेत लिन सकिने व्यवस्था मिलाइएको छ । लगानी व्यवस्थापन सेवाअन्तर्गतको रकम गर्त वर्षको तुलनामा १६.५७ प्रतिशतले बढी हो ।  

क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनतामाझँ पुर्याउन एनआईसी एशिया बैंकको देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, सेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्यअन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।  

क्यापिटलले २०८१ असार मसान्तसम्म ७ लाख ३६ हजार भन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ । क्यापिटलले समग्र डिम्याट खाता संख्याको ११.७२ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।  

हाल क्यापिटलले ‘एक नेपाली, एक डिम्याट खाता’मात्र ९९९ रुपैयाँमा लाइफ टाइम डिम्याट खाता नविकरण हुने तथा एक हजार रुपैयाँमा भुक्तानी गर्दा मेरो सेयर खाता लाइफ टाइमको लागि नविकरण हुने योजना सञ्चालन गरिरहेको छ ।  

साथै ‘एनआईसी एशिया विद्यार्थी डिम्याट खाता योजना’अन्तर्गत निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोल्ने, अनलाईन मार्फत डिम्याट खाता खोल्दा १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने तथा ‘९९९ बैदेशिक रोजगार डिम्याट योजना’लगायतका योजनाहरु सञ्चालन गरिरहेको छ ।  

हाल क्यापिटलले एनआईसी एशिया क्यापिटलले भिडियो केवाइसीमार्फत समेत घरमै बसी डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाउनुको साथै सिकेवाइसी सेवा समेत सञ्चानलनमा ल्याएको छ ।  

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवाअन्तर्गत २०८१ असार मसान्तसम्म २४ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्र ीप्रबन्ध सेवाअन्तर्गत हालसम्म २१ वटा कम्पनीको प्राथमिक सेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन कार्य सम्पन्न गरी सम्बन्धित कम्पनीहरुलाई  १३ अर्ब रुपैयाँभन्दा बढी सेयर पूँजी संकलन गरिदिन सफल भएको छ ।  

असार मसान्तसम्म ३८ वटा भन्दा बढी कम्पनीको व्यक्ति तथा संस्थाहरुको नाममा रहेको विभिन्न कम्पनीको संस्थापक समूहको सेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ । साथै, ४ वटा कम्पनीको सेयर सर्वसाधारणमा निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा पेश गर्न सफल भएको छ ।  

साथै हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरुमाँझ पु¥याउन ‘अव लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’भन्ने मुलनाराका साथ क्यापिटलसँग आवद्ध ग्राहकहरु तथा क्यापिटलबाट सेवालिन चाहने ग्राहकहरुलाई प्रविधिको प्रयोग मार्फत क्यापिटलमा उपस्थित नभई मोबााईलबाटै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ थप सेवा सुविधा सहित ‘मोबाइल एप सञ्चालन गरिरहेको छ । आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई मोबाइल एपमा एकीकृत गरी डिजिटलाईजिङ रुपमा उपलब्ध गराउने रणनीति कम्पनीले लिएको छ ।  

एसआईपी र एसडब्लुपी योजना सञ्चालन

एनआइसी एशिया क्यापिटलले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) तथा सिस्टमेटिक विथड्रअल प्लान (एसडब्लुपी) योजनाहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।  

क्यापिटलले सामूहिक लगानी कोष योजनाहरुमध्ये सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्डअन्तर्गत उक्त योजनाहरु सञ्चालनमा ल्याएको हो ।  

उक्त योजनामा अनलाईनमार्फत सहजै रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ ।

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.