शुक्रबार, असार १३,२०८२ 08:24:44
  • शुक्रबार, असार १३,२०८२ 08:24:44
Global IME Bank Limited

डलरको मूल्यले बनायो नयाँ रेकर्ड, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
डलरको मूल्यले बनायो नयाँ रेकर्ड, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन २२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.८६ रुपैयाँ र बिक्रीदर १३४.४६ रुपैयाँ कायम भएको छ ।  

यो दर हालसम्मकै उच्च हो । यसअघि गत साउन २० गते अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.३१ रुपैयाँ कायम थियो ।    

आज एक यूरोको खरिददर १४६.५६ रुपैयाँ र बिक्रीदर १४७.२१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.६२ रुपैयाँ र बिक्रीदर १७१.३९ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.३१ रुपैयाँ र बिक्रीदर ८६.७० रुपैयाँ रहेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४४ रुपैयाँ र बिक्रीदर ३६.६१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७८ रुपैयाँ र बिक्रीदर १८.८६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.२५ रुपैयाँ र बिक्रीदर ३०.३९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७० रुपैयाँ र बिक्रीदर ३६.८७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८१ रुपैयाँ र बिक्रीदर ९.८५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.३५ रुपैयाँ र बिक्रीदर ४४०.३२ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.