शुक्रबार, श्रावण २९,२०८३ 06:31:19
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 06:31:19
Bizshala
Global IME Bank Limited

सूर्यज्योति लाइफको नाफा १४६% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएस पनि वृद्धि

Prabhu Bank Limited
सूर्यज्योति लाइफको नाफा १४६% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएस पनि वृद्धि
New Office

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा र बीमाशुल्क आर्जन दुवै बढेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४६.०३ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २७.४७ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले ९ अर्ब १० करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ अर्ब १४ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

CG Motors

कम्पनीको खुद दाबी भुक्तानी पनि वृद्धि भएको छ । अघिल्लो आवसम्म ७ अर्ब ४९ करोड रुपैयाँबराबर  खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने १० अर्ब १ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च ९ अर्ब ५६ करोडबाट बढेर १२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।  

कम्पनीले लगानी तथा कर्जाबाट ३ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७ करोड ३५ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँबाट रिटेन्ड अर्निङ घटाएर ५६ करोड ९५ लाख रुपैयाँमा झारेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ३४ करोड ६८ लाख रुपैयाँबराबरको रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.५५ रुपैयाँबाट बढेर ८.७२ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १३०.५६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८४७.८९ रुपैयाँ र पीई अनुपात ४९.२८ गुणा कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X