शनिबार, माघ १७,२०८२ 11:16:36
Bizshala
  • शनिबार, माघ १७,२०८२ 11:16:36
Bizshala
Global IME Bank Limited
Bizshala

ग्लोबल आइएमई बैंकका नायव सीईओ सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

ग्लोबल आइएमई बैंकका नायव सीईओ सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीको बैंकिङ  क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको छ। राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ्ग करिअर सुरु गरेका रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए।

ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन्। 

Bizshala
Garima Development Bank
New Office

उनीसँग बैंकिङ  क्षेत्रको करिब ३५ वर्षभन्दा लामो अनुभव रहेको छ। रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन्।

 शपथ कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लामो समय बैंकिङ्ग क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सृदृढ हुने विश्वास व्यक्त गरे।  

उनले नयाँ प्रमुख कार्यकारी अधिकृत रेग्मीको नेतृत्वमा बैंकको सेवालाई समयसापेक्ष बनाउँदै आम सेवाग्राहीलाई सहज र सुरक्षित बैंकिङ्ग प्रदान हुने बताए।

“रेग्मी ग्लोबल आइएमई बैंकको सुरुदेखि नै यस बैंकमा हुन्नुहुन्छ। लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका उहाँ एक अनुभवी बैंकर हो। उहाँले यस ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दा नियामकीय निर्देशनहरुको अधिनमा रही यस बैंकका सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने र शेयरहोण्डरहरुलाई यथोचित प्रतिफल प्रदान गर्ने मलाई विश्वास छ,” उनले भने।

पदभार ग्रहण गर्दै रेग्मीले मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महशुस भएको बताए। 

उनले आफ्नो कार्यकालमा बैंकको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरु, नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा बैंकको सम्मानजनक उपस्थितिलाई अझ मजवुत बनाउदै लैजाने प्रतिवद्दता व्यक्त गरे।  

ग्लोबल आइएमई बैंकको ब्रान्ड, नेटवर्क र सशक्त बजार हिस्सा बढाउँन आफूले प्रयत्न गर्ने उनको भनाई छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.