काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले गाडी किन्नका लागि १ करोडसम्म ऋण दिने भएको छ । बैंकले नेपालीहरुको महान चाड तीज, दशैं, तिहार र छठलाई लक्षित गर्दै सवारी कर्जा सार्वजनिक गरेको हो।
उक्त योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने बैंकले जनाएको छ।
नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्नेछ। नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकमा अधिकतम १ करोड रुपैयाँसम्मको कर्जा पाइने बैंकले जनाएकाे छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।