बुधबार, माघ २३,२०८१ 01:31:45
IME remit
  • बुधबार, माघ २३,२०८१ 01:31:45
IME remit
Global IME Bank Limited

एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न, ५२.५३% लाभांश पारित

Hyundai Nepal
एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न, ५२.५३% लाभांश पारित
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा भदौ ११ गते मंगलबार क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा सम्पन्न भएको हो ।  

उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । यस्तै सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित भएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

उक्त सभामा संचालक समितिको अध्यक्ष सन्तोष कुमार राठीले रु.२० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा रु.३० करोड भन्दा बढी आम्दानी गरी १२ करोड १६ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको व्यहोरा जानकारी ग।ाएका थिए ।  

त्यसैगरी, व्यवसाय तर्फ गत असार मसान्तसम्म ७ लाख ३९ हजार ८६८ डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मक ६ वटा योजना मार्फत ५ अर्ब ५२ करोड भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको जानकारी दिइएको थियो ।  

लगानी व्यवस्थापन सेवा अन्तर्गत ७०४ जना ग्राहकहरुबाट २ अर्ब ११ करोड भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको र सेयर रजिष्ट्रार सेवा अन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा आईडिया टु आईपीओ सेवा अन्तर्गत १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको समेत सभालाई जानकारी गराइएको थियो । साथै क्यापिटलले आठौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्नो सेयरधनीलाई हालसम्म २४० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको जानकारी अध्यक्षले गराएका थिए ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.