शुक्रबार, असार १३,२०८२ 01:05:55
  • शुक्रबार, असार १३,२०८२ 01:05:55
Global IME Bank Limited

डलरको भाउ बढ्यो, युरो र पाउण्डको भने घट्यो

Hyundai Nepal
डलरको भाउ बढ्यो, युरो र पाउण्डको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३४.०२ रुपैयाँ र बिक्रीदर १३४.६२ रुपैयाँ कायम थियो ।  

आज एक यूरोको मूल्य भने घटेको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४८.५६ रुपैयाँ र बिक्रीदर १४९.२३ रुपैयाँ रहेकोमा आज भने खरिददर १४७.९६ रुपैयाँ र बिक्रीदर १४८.६२ रुपैयाँ निर्धारण भएको छ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आज एक पाउण्ड स्टर्लिङको खरिददर १७५.३६ रुपैयाँ र बिक्रीदर १७६.१४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको खरिददर १७५.९१ रुपैयाँ र बिक्रीदर १७६.७० रुपैयाँ कायम थियो ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.२२ रुपैयाँ र बिक्रीदर ८९.६२ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६ं.६६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६६ रुपैयाँ र बिक्रीदर ३०.८० रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७७ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९५ रुपैयाँ र बिक्रीदर ९.९९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.७३ रुपैयाँ र बिक्रीदर ४४०.६९ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.