बुधबार, आश्विन २,२०८१ 07:02:03
IME remit
  • बुधबार, आश्विन २,२०८१ 07:02:03
IME remit
Global IME Bank Limited

कुन कम्पनीमा बीमा गर्दा कति पाइन्छ बोनस ?

Hyundai Nepal
कुन कम्पनीमा बीमा गर्दा कति पाइन्छ बोनस ?
Nabil Bank Limited

काठमाण्डौ । हालसम्म १३ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको लागि नयाँ बोनसदर घोषणा गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार साविकका कम्पनीसहित गरी १३ वटा कम्पनीको आव २०७९/८० को बोनसदर स्वीकृत भएको छ ।  

प्राधिकरणका अनुसार हालसम्म रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, सुर्यज्योति लाइफ, एशियन लाइफ, मेट लाइफ, नेशनल लाइफ, नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, एलआइसी नेपाल, साविक महालक्ष्मी लाइफ र साविक प्रभु लाइफको गत आवको बोनसदर प्राधिकरणबाट स्वीकृत भएको छ ।  

साथै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले भने आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना बीमितहरुलाई नयाँ बोनसदर घोषणा गरिसकेको छ ।

जीवन बीमा गर्नुपूर्व बीमा कम्पनीको बोनसदरको बारेमा जानकारी हुनुपर्दछ । अधिकांश बीमितलाई आफुले बीमा गरेको कम्पनीले कति बोनस निर्धारण गरेको छ, त्यसको जानकार हुँदैन । आफुले लिएको पोलिसीबाट वर्षेनी कति बोनस प्राप्त भइरहेको छ र अवधि पाकिसकेपछि एकमुष्ठ कति रकम प्राप्त हुन्छ त्यसको जानकारी लिनुपर्दछ ।  

हालसम्म १३ जीवन बीमा कम्पनीले आफ्ना बीमितहरुको लागि नयाँ बोनसदर सार्वजनिक गरेका छन् । मर्जरपश्चात् हाल १४ वटा जीवन बीमा कम्पनी संचालनमा रहेपनि आर्थिक वर्ष २०७९/८१० को एक्चुरी भ्यालुएसपछि साविकका केही कम्पनीहरुले छुट्टाछुट्टै बोनसरेट सार्वजनिक गर्नुपर्दछ । कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांकीय मूल्यांकन गरी बीमितहरुलाई प्रदान गरिने बोनसरेट घोषणा गरेका हुन् । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरुले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेलखहरुको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरेका हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

रिलायबल नेपाल लाइफ

रिलायबल नेपाल लाइफले पनि आव २०७९/८० का लागि आफ्ना बीमितहरुलाई प्रतिहजार २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले विभिन्न ६ वटा बीमालेखहरुमा बीमा अवधिबमोजिम फरक–फरक बोनसदर निर्धारण गरेको छ ।  

कम्पनीले रिलायबल सावधिक जीवन बीमा योजना, रिलायबल लघु सावधिक जीवन बीमा योजना, रिलायबल सुलभ जीवन बीमालेख, रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख), सावधिक तथा आजीवन बीमा योजना र रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा अवधिअनुसार फरक–फरक बोनसदर निर्धारण गरेको छ ।  

सिटिजन लाइफ इन्स्योरेन्स  

सिटिजन लाइफले जारी गरेको विभिन्न बीमालेखमा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँसम्म बोनसदर कायम निर्धारण गरेको छ । कम्पनीले विभिन्न बीमालेखमा अवधिअनुसारको बोनसदर कायम गरेको छ । सिटिजन लाइफले ६ वटा बीमालेखमा आफ्ना बीमितहरुलाई अवधिअनुसार न्यूनतम २५ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।  

कम्पनीले अग्रिम भुक्तानी (सावधिक रेगुलर जीवन बीमालेख), सावधिक (रेगुलर) जीवन बीमालेख, सिटिजन शुभारम्भ (सावधिक प्लान), वार्षिभ अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख, सिटिजन बाल भविष्य योजना, सावधिक तथा आजीवन बीमालेख (सिटिजन सारथी जीवन बीमा योजना)जस्ता बीमालेखहरुमा अवधिबमोजिम फरक–फरक बोनसदर निर्धारण गरेको छ ।  

साविक महालक्ष्मी लाइफ इन्स्योरेन्स

साविक महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न बीमालेखहरुमा दिने बोनसदर प्रतिहजार न्यूनतम रुपैयाँ ३२ देखि ५५ रुपैयाँसम्म निर्धारण गरेको छ । साविक महालक्ष्मी लाइफ प्रभु लाइफसँग मर्ज भएर प्रभु महालक्ष्मी लाइफको नामबाट एकीकृत कारोबार सुरु भएपनि उक्त आवको लागि यो कम्पनीले छुट्टै बोनसदर घोषणा गर्नुपर्ने हुन्छ ।  

साविक प्रभु लाइफ इन्स्योरेन्स

कम्पनीले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ । कम्पनीले चारवटा बीमालेखमा आफ्ना बीमितहरुलाई प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर दिने निर्णय गरेको हो । प्रभु र महालक्ष्मी लाइफ एकआपसमा मर्ज भएपनि उक्त आवको लागि यी दुबै कम्पनीले छुट्टाछुट्टै बोनसदर निर्धारण गर्नुपर्ने हुन्छ ।  

मेट लाइफ

मेट लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्यूनत्तम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेख, शिक्षा संरक्षण जीवन बीमालेख, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा उक्त बोनसदर कायम गरेको हो । कम्पनीले सावधिक जीवन बीमालेख, शिक्षा संरक्षण जीवन बीमालेख, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख जस्ता बीमालेखहरुको अवधिअनुसार फरक–फरक बोनसर निर्धारण गरेको छ ।  

Sagarmatha Cement
Shivam Cement

आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले सावधिक, बाल सावधिक तथा सामूहिक जीवन बीमालेख, सावधिक तथा आजीवन बीमालेख, अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी सावधिक जीवनबीमालेख, बाल वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण) र वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता)बीमालेखहरुको अवधिमा फरक–फरक बोनसदर कायम गरेको छ ।  

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले विभिन्न बीमालेखहरुमा उक्त बोनसदर कायम गरेको हो ।  

सावधिक तथा आजीवन बीमालेख, बालबालिकाको सावधिक जीवन बीमालेख,  सावधिक जीवन बीमालेख, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख, सामुहिक सावाधिक, नव रत्न जीवन संजीवनी दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ, बालउच्च शिक्षा भविष्य निधी(प्लान ६,१८,२१,२५,२७)बीमालेखको अवधिअनुसार फरक–फरक बोनसर कायम गरेको छ ।

सन नेपाल लाइफ

सन नेपाल लाइफले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेख, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक), बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा), सुनौलो सावधिक जीवन बीमा योजना, नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन), सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवन योजना, सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) र धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा जस्ता विभिन्न बीमालेखहरुमा अवधिबमोजिम फरक–फरक बोनसदर निर्धारण गरेको छ ।  

एलआइसी नेपाल

लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०लिमिटेडले विभिन्न बीमालेखहरुमा न्यूतम ४० रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले सावाधिक ३३३, जीवन बीमा ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजना, जीवन आन्नद (३४२( योजना, बाल सावाधिक९३४९० बीमा योजना, धन वृष्टि (३५८) योजना, धन फिर्ता (३३४, ३३५, ३३६, ३३७, ३३९, ३४३) बीमा योजना, बाल ममता (३४०( र बाल स्नेह (३४१) योजना, जीवन तरंग (३४५( योजना, न्यु जीवन तरंग (३६०) योजना, जीवन बचत (३५९) योजना, जीवन लाभ (३६१) योजना र लघु सावाधिक(३५४) योजना गरी विभिन्न बीमालेखको अवधिअनुसार फरक–फरक बोनसदर कायम गरेको छ ।  

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी

सुर्यज्योति लाइफले न्यूनतम २० रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले विभिन्न बीमालेखमा आफ्ना बीमितहरुलाई प्रतिहजार ९० रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ ।  

कम्पनीले सावाधिकः सूर्यज्योति सुरक्षित बचत जीवन बीमा योजना, सूर्यज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजना, सूर्यज्योति एकल तथा सीमित अवधि भुक्तानी योजना र सूर्यज्योति एकल तथा सीमित अवधि भुक्तानी योजना बीमालेख, सावधिकः सूर्यज्योति संरक्षित सावधिक जीवन बीमा योजना, सूर्यज्योति सीमित अवधि भुक्तानी जीवन बीमा योजना, सूर्यज्योति संरक्षित बाल जीवन बीमा योजना, चौरासी पूजा बीमालेख, सूर्यज्योति सामूहिक सावधिक जीवन बीमा योजना, सूर्यज्योति सावधिक जीवन बीमा योजना र सूर्यज्योति सावधिक लघु जीवन बीमालेख जस्ता विभिन्न बीमालेखको अवधिअनुसार फरक–फरक बोनसदर कायम गरेको छ ।  

नेपाल लाइफ

नेपाल लाइफ इन्स्योरेनसले आर्थिक वर्ष २०७९–८० का लागि न्यूनतम ५० रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । कम्पनीले विभिन्न बीमालेखमा आफ्ना बीमितहरुलाई सो आवको लागि ८५ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको हो ।  

कम्पनीले सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय( एकल), सावाधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा), सावाधिक जीवन बीमालेख (जीवन समुनन्त), सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना ‘विकल्प १÷विकल्प २, सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना ‘विकल्प १’ एकल बीमाशुल्क), सावधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन), अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन सम्वृद्धि), अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, जीवन उन्नति, नौलो धन वर्षा, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन(, अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्वृद्धि) र अन्य (जीवन सारथी) जस्ता बीमालेखहरुमा अवधिअनुसारको फरक–फरक बोनसदर कायम गरेको छ ।  

नेशनल लाइफ इन्स्योरेन्स

यस कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले आव २०७९/८० का लागि आफ्न बीमितहरुलाई अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको हो ।  

कम्पनीले सावधिक जीवन बीमालेख, सावधिक तथा आजीवन बीमालेख , अग्रिम भुक्तानी सावधिक बीमालेखमा अवधिअनुसारको फरक–फरक बोनसरदर कायम गरेको छ ।  

सानिमा रिलायन्स लाइफ

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।  

कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर), सावधिक जीवन बीमा योजना (एकल(, त्रिपल सावधिक बीमा योजना, दम्पती सावधिक बीमा योजना, सावधिक तथा आजीवन योजना, अग्रिम भुक्तानी योजना, वार्षिक अग्रिम भुक्तानी योजना, मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क), २० वर्षे अग्रिम भुक्तानी योजना, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजना, सावधिक योजना र सीमित भुक्तानी सावधिक योजनाका विभिन्न अवधिअनुसार फरक–फरक बोनसदर कायम गरेको छ ।  

नोटः कम्पनीहरुले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनुका साथै प्राधिकरणबाट अर्को वर्षको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्मका लागि सोही बोनसदर कायम हुनेछ । साथै बीमितहरुले अवधिअनुसारको फरक–फरक बोनसदरको जानकारी लिनका लागि कम्पनीको वेबसाइटमार्फत समेत लिन सक्नेछन् ।

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.