सोमबार, कार्तिक २,२०८३ 06:52:33
  • सोमबार, कार्तिक २,२०८३ 06:52:33
Global IME Bank Limited

एनआइसी एशिया क्यापिटलद्वारा रु.५०.७५ करोड इकाईधनीलाई वितरण

Bizshala
एनआइसी एशिया क्यापिटलद्वारा रु.५०.७५ करोड इकाईधनीलाई वितरण
New Office

काठमाण्डौ । एनआईसी एशिया क्यापिटले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामूहिक लगानी कोष योजनाहरुबाट ५० करोड रुपैयाँ भन्दा बढी नगद लाभांश वितरण गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ मा म्युचुअल फण्डका इकाईधनीहरुलाई ५० करोड ७५ लाख ५ हजार रुपैयाँ नगद प्रतिफलका रुपमा वितरण गरेको हो ।  

उक्त प्रतिफल रकम एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको हकमा सम्बन्धित इकाईधनीहरुलाई गत भदौ ९ गतेदेखि तथा बन्दमुखी योजनाहरुको हकमा गत असोज ४ गतेदेखि उक्त प्रतिफल रकम सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्मा÷रकमान्तरण गर्न सुरु गरिएको क्यापिटलले जानएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

साथै, विभिन्न आर्थिक वर्षहरुमा एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया व्यालेन्सड् फण्ड र एनआईसी एसिया डाइनामिक डेप्ट फण्डले वितरण गरिएको प्रतिफल रकम बुझिलिन बाँकी भएका इकाईधनीहरुको विवरण तथा विविध कारणबस प्रतिफल जम्मा नभएका वा फिर्ता भएका इकाईधनीहरुको विवरण फिर्ता तथा जम्मा नहुनुको कारण सहित एनआईसी एशिया क्यापिटलको वेभसाईटबाट प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।

क्यापिटलले गत आवको मुनाफाबाट एनआइसी एशिया सेलेक्ट–३० फण्डका इकाईधनीलाई १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईधनीलाई १०.५० प्रतिशत दरको १० करोड ७१ लाख रुपैयाँ, एनआइसी एशिया डायनामिक डेब्ट फण्डका इकाईधनीलाई १० प्रतिशत अर्थात् ७ करोड ६२ लाख २४ हजार, एनआइसी एशिया ग्रोथ फण्डका इकाईधनीलाई ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र एनआइसी एशिया ब्यालेन्स्ड फण्डका इकाईधनीलाई ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार रुपैयाँ गरी ५० करोड रुपैयाँ भन्दा बढी रकम वितरण गरेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

क्यापिटलका अनुसार नियमित रुपमा प्रतिफल वितरण गर्न सफल खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ अन्तर्गत सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी) तथा सिस्टमेटिक विथड्रल प्लान (एसडब्लुपी) योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहज रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।

साथै क्यापिटलले आर्थिक वर्ष २०८०/८१ मा क्यापिटलको सेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश अर्थात १० करोड ५० लाख रुपैयाँ भन्दा बढी र सामूहिक लगानी कोष योजनाहरुको इकाईधनीहरुलाई  ५० करोड ७५ लाख रुपैयाँ भन्दा बढी प्रतिफल गरी जम्मा ६१ करोड २५ लाख रुपैयाँ भन्दा बढी रकम लाभांशको रुपमा वितरण गर्न सफल भएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.