काठमाण्डौ । कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारणसभा २०८० साल माघ महिना २८ गते आइतबारका दिन काठमाण्डौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।
सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७९-८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७९/८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरियो ।
उक्त सम्पन्न साधारणसभामा भएको संचालक चुनावमा स्थापक शेयरधनी समूहबाट अमिरप्रताप जं.ब.राणा, कर्मचारी सञ्चय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।