बिहीबार, श्रावण २८,२०८३ 01:13:48
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:13:48
Bizshala
Global IME Bank Limited

नेप्सेको साप्ताहिक चार्टमा ‘ट्वीजर बटम’, रिभर्सल गर्दै गरेको संकेत

Prabhu Bank Limited
नेप्सेको साप्ताहिक चार्टमा ‘ट्वीजर बटम’, रिभर्सल गर्दै गरेको संकेत
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार  भयो  । चार दिनको कारोबारमा बजार २  दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २४ सय ९६ को विन्दुमा बन्द भएको बजार यो साता २५ सय ९७ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ११०.७३ अंकको बढोत्तरी आयो । अघिल्लो साता बजार ९० अंकले घटेको थियो ।

यो साताको ४ दिन कारोबारमा २२ अर्ब ९ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता बजार भने २६ अर्ब ९ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । दैनिक औषत कारोबार अघिल्लो साता ५ अर्ब २ करोडको भएको थियो भने यो साता ५ अर्ब ५४ करोडको भएको छ । यस हिसाबले यो साता बजार बढ्दा कारोबार पनि बढेको छ । यो भनेको ६ साता लगातार घटेको बाजारमा सूचक र कारोबार बढ्नु बजार बुलिस जाँदै गरेको संकेत हो ।  

 

 

यो साता बजार पूँजीकरण ४१ खर्ब ३० अर्ब पुगेको छ । अघिल्लो साता भने बजार पूँजीकरण ३९ खर्ब ५४ अर्ब पुगेको थियो  । यस हिसाबले यो साता नेप्से बढ्दा १ खर्ब ७६ अर्बले बजार पूँजीकरण बढेको छ । यो साता पनि नेप्से बढ्दा बजार पू्ँजीकरण र औषत कारोबार दुबै बढेको छ ।

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

क्याण्डल स्टिकको विकास १८ औं शताब्दिमा जापानका एक धान व्यापारि म्यूनिहोसा होमाले गरेका हुन । त्यसपछि यसको विकास विश्वका सेयर कमोडिटिज तथा विदेशि मुद्राको अध्ययनमा प्रयोग हुन थाल्यो ।  

नेपालको सेयर बजारमा पनि पछिल्लो समय यसको प्रयोग व्यापक बन्दै गएको छ । नेप्सेको चार्टमा गएका २ साताको कारोबारलाई साप्ताहिक रुपमा हेर्दा ट्वीजर बटम बनेको देखिन्छ । अर्थात बजार २ सातासम्म २४४० को विान्दुमा टेष्ट गरेर माथि फर्केको छ । यसले सम्भाबित बजारको अप ट्रेन्डलाई जानाउँछ ।  

यो साता २५९७ विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २६५० विन्दु भन्दा माथि बन्द भएमा बजारमा पुनःअप ट्रेन्डको सम्भावना निश्चित हुन्छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा बजारले केही साता पहिले अपर ब्याण्ड छोडेपछि २ साता लगातार मध्य ब्याण्डमा सपोर्ट लिएको छ । यस हिसाबले बजारले मध्य ब्याण्डमा सपोर्ट लिँदै गरेको मान्न सकिन्छ । म्याक्डीमार्फत नियाल्दा भने बजारले यो साता वियरिस क्रसओभर बनाएको छ ।  

साप्ताहिक रुपमा आरएसआई भने ५३ को तहबाट फर्केर हाल ५८ तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार विस्तारै घट्न रोकिएको मान्न सकिन्छ ।  

पिभट् विश्लेषण  

पिभट् प्वइन्टः  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८०५

प्रतिरोध २ – २७२४

प्रतिरोध १–  २६०५

पिभट् प्वइन्टः २५२४

घटेमा सपोर्ट  

सपोर्ट १ २४०५

सपोर्ट २– २३२४

सपोर्ट  ३ –२२०५

निष्कर्षः साप्ताहिक रुपमा बजारलाई नियाल्दा ६ साता घटेको बजारमा यो साता ब्रेक लागेको छ  । अर्थात यो साता घट्न रोकिएर बरजारले पुनःमाथिको यात्रा तय गर्दै गरेको छ । यो साता कारोबार तथा भोल्युम पनि बढेको छ । अघिल्लो साता भने कारोबार ड्राई अप भएको थियो ।  

इलिअट वेभबाट नियाल्दा बजारको करेक्सन ‘सी’ वेभ भित्रको पाँचौ वेभमा सकिएको मान्न सकिन्छ । यदि आगामी कारोबारमा बजार २६५० विन्दु भन्दा माथि टिकेको खण्डमा बजारले अप ट्रण्ड लिएको मान्न सकिन्छ । क्याण्डल स्टिकबाट नियाल्दा यो साता बजारले ट्वीजर बटम बनाएको छ । उप–समूहगत रुपमा हेर्दा यो साता सबै उपसमूहमा हरियाली छाएको छ ।  

नोटः सेयर बजारमा लगानीजोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.