सोमबार, श्रावण १८,२०८३ 07:42:55
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:42:55
Bizshala
Global IME Bank Limited

जन्मदिन मनाउन जानेलाई चन्द्रागिरीले सित्तैमा केवलकार चढाउने, अन्य अफर यस्ता

जन्मदिन मनाउन जानेलाई चन्द्रागिरीले सित्तैमा केवलकार चढाउने, अन्य अफर यस्ता
New Office

काठमाण्डौ । जन्मदिन केवलकार चढेर रमाइलो गर्दै मनाउने मन त ? त्यसो हो भने चन्द्रागिरी केवलकारले हालै सार्वजनिक गरेको अफर तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । 

चन्द्रागिरी हिल्स लिमीटेडले आफ्ना ग्राहकहरुको जन्मदिनलाई विशेष बनाउने उद्देश्यले यस्तो अफर सार्वजनिक गरेको हो । 

कम्पनीका सञ्चालक अम्बिकाप्रसाद पौडेलकाअनुसार आफ्नो जन्मदिन मनाउन जाने जोकोहीलाई कम्पनीले चन्द्रागिरी केवलकारको टिकट निःशुल्क गरिदिएको छ । 

यस्तै, अतिरिक्त अफरहरु समेत घोषणा गरेको छ । जसअन्तर्गत जन्मदिन मनाउन चन्द्रागिरी पुग्ने व्यक्तिलाई स्वीङ र जीपलाइन खेल्दा ५० प्रतिशत छुट हुनेछ । 

चन्द्रागिरी पछिल्लो समय काठमाण्डौ र आसपासका बासिन्दाका लागि राम्रो पर्यटकीय गन्तव्य बनेको छ । केवलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न चाहने, विभिन्न खेलहरुको मज्जा लिन चाहने तथा सपरिवार स्तरीय रिसोर्टमा बसेर प्राकृतिक आनन्द लिन चाहनेहरुका लागि यो गन्तव्य चर्चित बनिरहेको छ ।

चन्द्रागिरी हिल्स लिमीटेड सेयर बजारमा समेत सूचीकृत कम्पनी हो । यो कम्पनीको दोश्रो बजार मूल्य हाल प्रतिकित्ता १२३५ रुपैयाँ रहेको छ । 

पर्यटकीय चहलपहल बढेसँगै यो कम्पनीको पछिल्लो समयको वित्तीय अवस्थामा समेत सुधार हुँदै गएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.