सोमबार, आश्विन १२,२०८३ 01:24:16
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 01:24:16
Bizshala
Global IME Bank Limited

डडेल्धुरामा एनआईसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न

Bizshala
डडेल्धुरामा एनआईसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह, २०२४’ को अवसरमा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरताका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विद्यार्थी तथा विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुलाई लक्षित गरी डडेल्धुरा जिल्ला, अमरगडी–५, मा कात्तिक ९ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्राथमिक सेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सोही कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्क लिमिटेडका अधिकारी किशोर भट्टले समेत सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराइरहेको सेवाहरु र उक्त सेवा के कसरी सुरक्षित रुपमा लिन सकिन्छ भन्ने लगायत पछिल्लो समय कारोवार भएका शेयर राफसाफ गर्दा आएको समस्याहरुको सम्बन्धमा जानकारी तथा छलफल गरिएको थियो ।

साथै उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा विहान ११ः४५ बजेदेखि दिनको १ः१५ बजेसम्म विद्यार्थीहरुको लागि गरिएको र सो कार्यक्रममा ५५ जना भन्दा बढी युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । दोश्रो चरणमा दिनको ३ बजेदेखि ४ः४५ बजेसम्म विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुको लागि गरिएकोमा उक्त कार्यक्रममा ७५ जना भन्दा बढीका ेसहभागिता रहेको थियो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.