बुधबार, आश्विन २८,२०८३ 07:00:40
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 07:00:40
Bizshala
Global IME Bank Limited

सन नेपाल लाइफको नयाँ बोनसदर कायम, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने

Bizshala
सन नेपाल लाइफको नयाँ बोनसदर कायम, अधिकतम ७५ रुपैयाँसम्म प्रदान गरिने
New Office

 

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।  

कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३० रुपैयाँ २० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ वा सोभन्दा माथिको बीमा अवधिका लागि पनि ५० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कम्पनीले भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक) जीवन बीमालेख अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ वा सो भन्दा माथिको बीमा अवधिका लागि ५० रुपैयाँ कायम गरेको छ ।  

बाल समृद्ध जीवन बीमा लेख(बालबालिकाको सावधिक बीमा) अन्तर्गतका १० देखि १४ वर्ष बीमा अवधिका लागि ३० रुयैयाँ, १५ देखि १९ वर्षका लागि ३० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ, २५ वा सोभन्दा माथिका लागि ५० रुपैयाँ बोनस दर तोकेको छ ।  

कम्पनीले सुनौलो सावधिक जीवन बीमा योजना अन्तर्गत १० देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ र २० देखि २४ वर्षका लागि ५० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।  

यसैगरी कम्पनीले नवीन आजीवन(सावधिक तथा आजीवन) बीमालेख अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ६० रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।  

सार्थक आजीवन बीमालेख(अग्रिम भुक्तानी तथा आजीवन) बीमालेख अन्तर्गत सबै बीमा अवधि(१५ वर्ष)का लागि ४२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।    

कम्पनीले सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) बीमालेख अन्तर्गत १४ वर्ष अवधिका लागि २५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २७ रुपैयाँ र २० वा सोभन्दा माथिका लागि पनि २७ रुपैयाँ बोनसदर तोकेको छ ।  

त्यस्तै धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीबन बीमालेख अन्तर्गत १ देखि ९ वर्ष वर्ष अवधिका लागि २५ रुपैयाँ,१० देखि १४ वर्षका लागि २५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि २७ र २० वा सो भन्दा माथि अवधिका लागि पनि २७ रुपैयाँ बोनस दर तोकेको छ ।  

कम्पनीले आर्थिक वर्ष २०७९/८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट गत माघ २५ गते स्वीकृत भई कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरिएको जनाएको छ । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.