काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १४५.४३ रुपैयाँ र बिक्रीदर १४६.०८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.५३ रुपैयाँ र बिक्रीदर १७४.३० रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.०५ रुपैयाँ र बिक्रीदर ८८.४५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७७ रुपैयाँ र बिक्रीदर ८.८१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६ं.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६६ रुपैयाँ र बिक्रीदर ३०.७९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७२ रुपैयाँ र बिक्रीदर ९.७७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.६७ रुपैयाँ र बिक्रीदर ४३९.६३ रुपैयाँ कायम भएको छ ।