काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक २० गते(का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२९ रुपैयाँ र बिक्रीदर १३४.८९ रुपैयाँ कायम भएको छ ।
यसअघि एक अमेरिकी डलरको बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको थियो ।
आज एक यूरोको खरिददर १४६.४० रुपैयाँ र बिक्रीदर १४७.०५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.०७ रुपैयाँ र बिक्रीदर १७४.८५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.५७ रुपैयाँ र बिक्रीदर ८८.९७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८५ रुपैयाँ र बिक्रीदर ८.८९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५६ रुपैयाँ र बिक्रीदर ३६ं.७२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९३ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.७१ रुपैयाँ र बिक्रीदर ३०.८५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८५ रुपैयाँ र बिक्रीदर ३७.०१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७८ रुपैयाँ र बिक्रीदर ९.८२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.४० रुपैयाँ र बिक्रीदर ४४०.३६ रुपैयाँ कायम भएको छ ।