बुधबार, आश्विन २८,२०८३ 10:54:28
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 10:54:28
Bizshala
Global IME Bank Limited

लघुबीमा कम्पनीलाई तत्काल आईपीओ जारी गर्न प्राधिकरणको निर्देशन, साढे १ अर्बको आउँदै

Bizshala
लघुबीमा कम्पनीलाई तत्काल आईपीओ जारी गर्न प्राधिकरणको निर्देशन, साढे १ अर्बको आउँदै
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तत्काल साधारण सेयर (आईपीओ) जारी गर्न निर्देशन दिएको छ ।  

प्राधिकरणले लघु बीमकहरुको चुक्तापुँजी बृद्धि गर्न कायम चुक्तापुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्न निर्देशन दिएको हो ।  

प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्दा चुक्तापुँजीको ३० प्रतिशत आईपीओ जारी गरी चुक्तापुँजी जुटाउन निर्देशन दिएको थियो । सोही बमोजिम नै प्राधिकरणले तत्काल आईपीओ निष्कासन गरी लघुबीमकको चुक्तापुँजी बृद्धि गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

हाल ४ निर्जीवन लघु बीमक र ३ लघु जीवन बीमक गरी ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् ।  प्राधिकरणले लघुबीमा कम्पनी सञ्चालन हुनुअगावै कम्पनीको न्यूनतम चुक्तापुँजी ७५ करोड रुपैयाँ तोकेको थियो । सोमध्ये ७० प्रतिशत संस्थापक सेयरधनीको लगानी रहेको छ भने अब ३० प्रतिशत सर्वसाधारणमा आईपीओ जारी गरिनेछ ।  

लघुबीमा कम्पनीहरुले पनि आ–आफ्नै तवरबाट आईपीओ निष्कासनको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइरहेका छन् । प्राधिकरणले आगामी वार्षिक साधारण सभामा ३० प्रतिशत आईपीओ जारी गर्ने प्रस्ताव पेश गर्न निर्देशन दिएको लघु बीमक संघका अध्यक्ष चिरायु भण्डारीले बताए । प्राधिकरणले ‘लघुबीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९’ बमोजिम लघुबीमा कम्पनीको पुँजी बृद्धि गर्न तत्काल आईपीओ निष्कासनको अनुमति दिएको भण्डारीले बताए ।   

निर्देशिका बमोजिम लघुबीमा कम्पनीहरु पब्लिक कम्पनी लिमिटेड कम्पनीको रुपमा दर्ता हुुनुपर्ने र चुक्तापुँजीको न्यूनतम ३० प्रतिशत सेयर (आईपीओ)सर्वसाधारणलाई निष्कासन गर्नेुपर्नेछ । कम्पनीमा संस्थापकको पनि न्यूनतम ५१ प्रतिशत सेयर हुनु पर्ने पनि निर्देशिकामा उल्लेख छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

हाल लघुबीमा कम्पनीहरुको चुक्तापुँजी ७५ करोड रुपैयाँ छ । कम्पनीहरुले ७५ करोड रुपैयाँ चुक्तापुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्नुपर्नेछ ।  

अधिकांश लघुबीमा कम्पनीहरुले आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धक समेत नियुक्ति गरिसकेका छन् ।  

हाल जीवनतर्फ क्रेष्ट माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ सञ्चालनमा छन् भने निर्जीवनतर्फ ट्रष्ट माइक्रो, नेपाल माइक्रो, स्टार माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सञ्चालनमा छन् ।  

लघुबीमा कम्पनीहरुले धमाधम आईपीओ निष्कासन गर्ने हो भने १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ लघुबीमा क्षेत्रमा सर्वसाधारणको लगानी थपिनेछ । अर्थात् ७ वटा लघुबीमा कम्पनीको १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता आइपीओ निष्कासन हुनेछ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.