काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १४२.५१ रुपैयाँ र बिक्रीदर १४३.१५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.८७ रुपैयाँ र बिक्रीदर १७१.६३ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.२५ रुपैयाँ र बिक्रीदर ८७.६४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६७ रुपैयाँ र बिक्रीदर ८.७१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६ं.८५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६४ रुपैयाँ र बिक्रीदर १८.७२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.१४ रुपैयाँ र बिक्रीदर ३०.२७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.२४ रुपैयाँ र बिक्रीदर ४४०.१९ रुपैयाँ कायम भएको छ ।