काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १४२.०४ रुपैयाँ र बिक्रीदर १४२.६७ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.०४ रुपैयाँ र बिक्रीदर १७०.८० रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.०७ रुपैयाँ र बिक्रीदर ८७.४६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६ं.८५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६३ रुपैयाँ र बिक्रीदर १८.७१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.१४ रुपैयाँ र बिक्रीदर ३०.२७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.०१ रुपैयाँ र बिक्रीदर ४३९.९६ रुपैयाँ कायम भएको छ ।