काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४.७२ रुपैयाँ र बिक्रीदर १३५.३२ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १४१.९६ रुपैयाँ र बिक्रीदर १४२.५९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६९.९६ रुपैयाँ र बिक्रीदर १७०.७२ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.८९ रुपैयाँ र बिक्रीदर ८७.२८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६९ रुपैयाँ र बिक्रीदर ८.७३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६ं.८४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.१६ रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.०७ रुपैयाँ र बिक्रीदर ३०.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.९४ रुपैयाँ र बिक्रीदर ३७.१० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.८६ रुपैयाँ र बिक्रीदर ४३९.८१ रुपैयाँ कायम भएको छ ।