काठमाण्डौ । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर ५ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ कायम भएको छ ।
यसअघि गत कात्तिक ३० गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.३४ रुपैयाँ कायम भएको थियो ।
आज एक यूरोको खरिददर १४२.२२ रुपैयाँ र बिक्रीदर १४२.८५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.२५ रुपैयाँ र बिक्रीदर १७१.०१ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.५१ रुपैयाँ र बिक्रीदर ८७.९० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७६ रुपैयाँ र बिक्रीदर ८.८० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.१३ रुपैयाँ र बिक्रीदर ३०.२६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.९५ रुपैयाँ र बिक्रीदर ३७.१२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.३२ रुपैयाँ र बिक्रीदर ४४०.२७ रुपैयाँ कायम भएको छ ।