काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२८ रुपैयाँ र बिक्रीदर १३५.८८ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १४२.३९ रुपैयाँ र बिक्रीदर १४३.०२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.०७ रुपैयाँ र बिक्रीदर १७२.८३ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.०७ रुपैयाँ र बिक्रीदर ८७.४५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.०१ रुपैयाँ र बिक्रीदर ९.०५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.८३ रुपैयाँ र बिक्रीदर ३६.९९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.५५ रुपैयाँ र बिक्रीदर ३०.६९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.५८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३९.९८ रुपैयाँ र बिक्रीदर ४४१.९३ रुपैयाँ कायम भएको छ ।