संकटमा फस्यो जानकी फाइनान्स: खराब कर्जा बढेर ३७.१३%, नेटवर्थ घटेर रु. ५७.८६ मा सीमित हुँदा इपीएस रु. १९.८७ ले ऋणात्मक
काठमाण्डौ । कुल ६९ करोड चुक्तापूँजी रहेको जानकी फाइनान्सले आर्थिक वर्ष २०८०-८१ मा १३ करोड ७१ लाख बढी खूद घाटा व्यहोरेको छ । ठूलो घाटा व्यहोर्दा कम्पनीका मुख्य वित्तीय सूचकमा गम्भीर धक्का लागेको देखिएको छ। मुख्य सूचकहरुमा पहिरो गएका कारण यो कम्पनीलाई नियामकले टेकओभर गरी शीघ्र सुधारात्मक कारबाही गर्नुपर्ने पनि देखिन्छ ।

