दशैंका लागि सुकिला नोट सटही सुरु
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि सुकिला नोट वितरण गर्न सुरु गरेको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने व्यवस्था मिलाएको छ ।

