आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ५ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद माग भएका छन् भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक कम्पनी रहेका छन् ।

