नेप्सेको गिरावट आजपनि जारी, जानकार भन्छन्, ‘गभर्नर नियुक्त हुन नसक्दा सेयरबजार उभो लाग्न सकेन’
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को गिरावट आजपनि जारी रहेको छ । साताको चौथो कारोबार दिन आज नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३० प्रतिशत अर्थात ८.१४ अंकले घटेर २ हजार ६२३.८३ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४४२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको...

