सांग्रिला डेभलपमेन्ट बैंकको १.४२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ४२ हजार ५१३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन पेश गर्न सक्नेछन् । लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

