नेप्से परिसूचकमा उच्च गिरावट, जानकार भन्छन्, ‘राजनीतिक अस्थिरता मुख्य कारण’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३.०५ प्रतिशत अर्थात ७८.८३ अंकले घटेर २ हजार ५०३.३५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.६४ प्रतिशतले घटेर ४३९.४० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ४३ लाख ६४ हजार ६८२ कित्ता...

