आजका शीर्ष १० ब्रोकरमध्ये नासासहित ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री
काठमाण्डौ । आज सेयर बजारमा १० अर्बको कारोबार हुँदा ८ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ । आज नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) बाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज १ अर्ब ५ करोडको खरिद र १ अर्बको मात्रै बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियएल सेक्युरिटिजबाट ३६ करोड ६९ लाखको खरिद र ४८ करोडको बिक्री भएको छ ।

