कुमारी बैंकको १.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल १ लाख ६२ हजार ९६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर खरिद गर्ने पहिलो हक संस्थापक सेयरधनीको हुने भएकाले संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा...

