गत वर्ष १५% लाभांश पाएका जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीको हात यसपाली भने खाली हुने
काठमाण्डौ । गत वर्ष १५ प्रतिशत लाभांश प्रदान गरेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपाली भने आफ्ना सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/७८ का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

