अदालतद्वारा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले आज यस्तो निर्णय गरेको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए ।