५०% माथि मतसहित रास्वपा समानुपातिकमा निरन्तर अगाडि, श्रम संस्कृतिलाई थ्रेसहोल्ड कटाउन कठीन
काठमाण्डौ । समानुपातिकतर्फको मतगणना पनि जारी छ । बिहान ८ः४० सम्मको ताजा अपडेटअनुसार २५ लाख ११ हजार ५ मतको गणना भइसकेको छ । ताजा परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी निकै ठूलो मतान्तरसहित समानुपातिकमा पनि अग्रता लिइरहेको छ । रास्वपाले हालसम्म समानुपातिकमा १२ लाख ६८ हजार ४७९ मत प्राप्त गरेको छ । यो भनेको कुल गणना भएको मतको ५०.५१ प्रतिशत हो । यसरी हेर्दा रास्वपाले ५०...

