केपी ओली प्रधानमन्त्रीमा नियुक्त
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा आइतबार चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।