प्रचण्ड र पूर्वराजाप्रति क्रूद्ध एमाले: सचिवालय बैठकले दियो यस्तो चेतावनी
काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्वत २०८२ मा नयाँ सरकार बन्ने दाबी गरिरहेको बेला एमालेले त्यसको खण्डन गरेको छ । नेपाली कांग्रेससँगको सहकार्यमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको सोमबार ललितपुरस्थित च्यासलमा रहेको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले सरकार परिवर्तनको हल्ला सत्य नरहेको दाबी गरेको हो ।

