नयाँ सरकार गठनको दाबीमा हस्ताक्षर गरे देउवा र ओलीले(फोटो फिचर)
काठमाण्डौ । नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने उद्देश्यले तयार कागजातमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन् । ओलीले संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने सरकारमा दाबी पेश गर्न लागेका हुन् । ओलीको दाबीलाई समर्थन गर्दै नेपाली कांग्रेसका सभापति देउवाले हस्ताक्षर गरेका छन् ।

