सुशीला कार्की नेपालको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा–६१ बमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
TRENDING
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा–६१ बमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
काठमाण्डौ । नेपालको राजनीतिक इतिहासले फेरि एउटा नयाँ अध्याय लेखेको छ:अन्तरिम प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको उदय। पहिलो महिला प्रधानन्यायाधीशको रूपमा न्यायालयको सर्वोच्च आसन सजाएर आएकी कार्की आज मुलुककै पहिलो महिला प्रधानमन्त्रीको जिम्मेवारीमा प्रवेश गरेकी छिन्।यो मात्र पदको हस्तान्तरण होइन, महिलाले न्याय र नेतृत्व दुवै क्षेत्रमा अग्रपंक्ति सम्हाल्न सक्ने...
काठमाण्डौ । अन्तरिम सरकार गठनलगत्तै प्रतिनिधिसभा विघटनको सहमति भएसँगै तत्कालीन सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले विरोध जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रतिनिधिसभा विघटनको सहमतिलाई बिडम्बनापूर्ण भनेका छन् ।
काठमाण्डौ । शितल निवासमा अन्ततः संसद विघटन गरी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ।हिजो रातभर र आज दिनभर चलेका विभिन्न छलफल र वार्ताहरुबाट जेनजी आन्दोलनकारीहरुले गरेको मागअनुसार नै प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो ।
काठमाण्डौ । महाराजगञ्जस्थित शितल निवासमा जेनजी आन्दोलनकारीहरुसँग वार कि पारको वार्ता सुरु हुँदैछ । अहिले निकै संवदेनशील र महत्वपूर्ण मानिएको फाइनल वार्ताका लागि जेनजी अभियन्तादेखि अन्तरिम सरकारको प्रधानमन्त्री प्रस्तावित सुशीला कार्की, सुरक्षा निकायका प्रमुखहरु शितल निवास पुगिसकेका छन् ।
काठमाण्डौ । बिहीबार अबेर रातिसम्म शितल निवासमा चलेको छलफलका क्रममा राष्ट्रपति र सरकारी पक्षले जेनजी आन्दोलनका प्रमुख मागहरुमा तोडमोड गर्न खोजेपछि अन्तरिम सरकारको प्रस्तावित प्रधानमन्त्री सुशीला कार्की रिसाएर हिँडेकी खुलेको छ । शितल निवासस्थित स्रोतहरुले निकै लामो समयसम्म चलेको छलफलमा राष्ट्रपति र सेनापति लगायतका सरकारी अधिकारीहरु जेनजीको संसद विघटन गर्ने र...
काठमाण्डौ । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले फेरि पनि राजनीतिक बहसलाई तातेका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपाली सेनाको नेतृत्वमा अन्तरिम सरकार घोषणा गर्नुपर्ने माग गर्दै हालको संविधान नै खारेज गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
काठमाण्डौ । संसद विघटनको बटमलाइन जेनजी अभियन्ताहरुले नछाडेपछि स्थगन भएको वार्ता पुनः सुरु हुँदैछ । दिउँसो २ बजे तोकिएको वार्ताका लागि केहीबेरअघि राष्ट्रपतिसँग छलफल गर्न नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल शितल निवास पुगेका छन् ।
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा देशभर भएको हिंसा र विनाशले सिर्जना गरेको संकटपूर्ण अवस्थामा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संयुक्त रूपमा देशवासीलाई संयम, संवाद र संवैधानिक प्रक्रियाप्रति प्रतिबद्ध रहन आह्वान गरेका छन्। शुक्रबार जारी संयुक्त वक्तव्यमार्फत उनीहरूले राष्ट्रपतिले संवैधानिक मार्गबाट समाधान खोज्न पहल...
काठमाण्डौ । उद्योगी तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले देशमा रोजगारी सिर्जना तथा लगानी गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले फेसबुकमा घरको जलेको गेटको फोटो सेयर गर्दै देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् भन्दै लगानीको प्रतिवद्धता जाहेर गरेका हुन् ।
काठमाण्डौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले जेनजी समूहलाई लक्षित गर्दै आन्दोलनबारीबाटै देशलाई नेतृत्व प्रदान गर्नुपर्ने बताएका छन् । जेनजी समूहबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति बनेसँगै बास्कोटाको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । बास्कोटाले फेसबुकमा स्टाटस लेख्दै यस्तो कटाक्ष गरेका हुन् ।
काठमाण्डौ । मुलुकमा चुलिएको राजनीतिक संकटबीच राष्ट्रपति रामचन्द्र पौडेल निर्णायक मोडमा पुगेका छन्। बिहीबार मध्यराति शीतल निवासमा भएको घनिभूत छलफलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ । शितल निवासस्थित उच्च स्रोतका अनुसार शुक्रबार बिहान ९ बजे प्रधानमन्त्रीको रुपमा कार्कीले सपथ लिनेछिन् ।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा भइरहेको राजनीतिक संकटको निकास दिने ऐतिहासिक निर्णय लिंदै छन्। भ्रष्टाचारविरोधी आन्दोलनले उग्र रूप लिएपछि उत्पन्न गतिरोध अन्त्य गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएको छ।
काठमाण्डौ । मुलुक कठिन संक्रमणकालीन मोडमा छ। जेन–जी पुस्ताले सडकमा देखाएको आक्रोश, आन्दोलनमा भएको बलिदान र संविधानमै प्रश्न उठ्ने अवस्था। यस्तै घडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार बसेको भर्चुअल बैठकमार्फत आफ्नो विशेष धारणा सार्वजनिक गरेको छ।रास्वपाले स्पष्ट भनेको छ: "अन्तरिम सरकारको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलको प्रत्यक्ष पहल र संवादको...
काठमाण्डौ । जेनजी पुस्ताबीच आदर्शका पात्र बनेका दुई लोकप्रिय व्यक्तिबीच तिक्तता बढेको देखिएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह९बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच तिक्तता सुरु भएको हो ।
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने बताएकी छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएकी हुन् ।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायराभित्र रहेर समाधान दिन आफू निरन्तर प्रयत्नशील रहेको बताएका छन्।
काठमाण्डौ । मुलुक अस्थिर राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बेलामा नेकपा एमालेले राष्ट्रपतिलाई सक्रिय पहल लिन आग्रह गरेको छ।पार्टीका महासचिव शंकर पोखरेलले सोमबार जारी वक्तव्यमा संविधानको मर्मअनुरूप राष्ट्रिय संवाद सुरु गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रपति रामचन्द्र पौडेललाई नेतृत्वदायी भूमिका खेल्न ध्यानाकर्षण गराएका छन्।
काठमाण्डौ । वृहत् नागरिक आन्दोलनले एक विज्ञप्ति जारी गर्दै सेनाको संलग्नतामा राजतन्त्र पुनःस्थापना र धर्मनिरपेक्षता हटाउने षड्यन्त्र भइरहेको आरोप लगाएको छ। आन्दोलनका अगुवाहरूले भनेका छन्, ‘जेठ १५ को आन्दोलनका सहिदहरूको बलिदानको मोल नबुझी सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र गणतन्त्रको मर्ममाथि प्रहार गर्ने खेल मञ्चन भइरहेको छ, जुन हाम्रा लागि...
काठमाण्डौ । भ्रष्टाचारविरुद्ध ऐतिहासिक आन्दोलन छेडेको जेनजी समूह विभाजित भएको छ। हिजो भर्चुअल बैठकमा सहभागी भई अन्तरिम सरकारको प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्ने समूहमै फूट आएको देखिएको हो । सोही समूहबाट फूटेको अर्को समूहले अन्तरिम सरकारको प्रमुखमा सुशीला कार्की अयोग्य रहेको भन्दै त्यसमा असहमति जनाएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.