सूचना प्रविधि अध्ययनरत विद्यार्थीलाई इन्टर्नको व्यवस्था गरिने
काठमाण्डौ । सरकारले सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । सूचना प्रविधिमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई सूचना प्रविधि उद्योगमा इन्टर्नको व्यवस्था मिलाइने अर्थमन्त्री वर्षमान पुनले घोषणा गरे ।

