कच्चा पदार्थ गेडागुडी, धान र गहुँ आयातमा लगाइएको आयकर खारेज गर्न माग
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत लगाएको दाल, चामल र मैदा उद्योगका लागि आवश्यक कच्चा पदार्थ कच्चा दाल, गेडागुडी, धान र गहुँ आयातमा अग्रिम आयकर खारेज गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । बुधबार नेपाल चामल तेल दाल उद्योग संघ र नेपाल मैदा उद्योग संघले काठमाण्डौमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन् । सरकारले आगामी आर्थिक वर्षको...