बजार घट्दा कारोबार पनि घटेको बजारलाई प्राविधकि रुपमा कसरी बुझ्ने ?
काठमाण्डौं । आज बजार झिनो अंकले घटेको छ । आज बजार घट्दा कारोबार भने अघिल्लो दिनको तुलनामा ५ अर्ब ५३ करोडले घटेको छ । अघिल्लो कारोबारमा १३ अर्ब १८ करोडको कारोबार भएको बजारमा आज जम्मा ७ अर्ब ६५ करोड मात्रै कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई कारोबार मार्फत नियाल्दा भने आज बजार २० दिने मुभिङ एभरेजबाट तल खसेको छ । यसले बजारमा लगानीकर्ता खरिद तथा बिक्री दुबैका लागी...

