१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा दुई लघुबीमा
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.३८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.३८...

