६९% ले बढ्यो हिमालय उर्जा विकासको नाफा, वित्त खर्च घट्यो
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको नाफा बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६९.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको कुल आम्दानी ६.८५ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म...

