सुनको मूल्य अचाक्ली वृद्धि, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यले आजपनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुन ९ हजार ५ सय रुपैयाँले महङ्गिएसँगै सुनले नयाँ उचाई हासिल गरेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । सुनको यो मूल्य हालसम्मकै धेरै हो ।

