नेप्सेको ४४ औं साधारण सभाबाट ८५% नगद लाभांश पारित हुने
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ४४ औं वार्षिक साधारण सभा पुस २९ गते आयोजना गर्ने भएको छ । नेप्सेको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।उक्त सभा शान्तिमार्ग काठमाण्डौमा रहेको नेप्सेको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

