सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कति पुग्यो ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ७ सयले बढेको सुनको भाउ आजपनि बढेको हो ।अघिल्लो दिनको तुलनामा आज सुन १४ हजार ४ सय रुपैयाँले महङ्गिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार ३ लाख ४ हजार ७ सय रुपैयाँमा भईरहेको छ । यससँगै सुनको भाउले पुनः ३ लाखको आँकडा पार परेको छ ।

