अबदेखि क्यासिनोलाई भारतीय मूद्रासहित विदेशी मुद्रा कारोबारमा इजाजत लिनुपर्ने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनोमा कारोबार गर्न भारतिय मुद्रासहित सबै खाले मुद्रा कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत लिनु पर्ने जनाएको छ । नेपाली बजारमा भारतीय रुपैयाँको सहज रुपमा कारोबार हुँदै आएको छ । तर राष्ट्र बैंकले क्यासिनोमा कारोबार गर्न भने इजाजत लिनु पर्ने प्राबधान गरेको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम राष्ट्र...

